प्रतिबन्धित औषधी बेच्ने मेडिकल कारबाहीमा

प्रतिबन्धित औषधी बेच्ने मेडिकल कारबाहीमा

काठमाडौं : प्रतिबन्धित औषधी बेच्ने मेडिकल कारबाहीमा परेको छ। ललितपुरको ग्वार्कोस्थित प्रभात माध्यामिक विद्यालयको भवनमा सञ्चालित राधाकृष्ण मेडिकल हल कारवाहीमा परेको हो। 

उक्त मेडिकल हलमा प्रतिबन्धित औषधी विक्री वितरण हुने गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राधाकृष्ण मेडिकल हलमा छापा मारेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उक्त मेडिकल सञ्चालक दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मेडिकल सञ्चालक सप्तरीको बोदे बसाइन नगरपालिका–३ घर भएका ५१ वर्षीय उमेशप्रसाद यादव र सर्लाहीको पर्सा गाउँपालिका घर भएका २४ वर्षीय धीरेन्द्र कुमार यादव छन्।  

प्रहरीको अनुसार उक्त मेडिकल हलमा चिकित्सकको प्रेप्क्रिप्सन विना नै  नियन्त्रित औषधीहरू अवैध रूपमा वेचविखन हुने गरेको थियो। यी औषधीहरू अवैध रुपमा वेचविखन गर्नेलाई कानुनी कारवाही हुने गर्छ। 

मेडिकलबाट प्रतिबन्धित औषधी प्रिगलिन १ हजार ७१५ ट्याब्लेट, डिकोलिक १ हजार ८४० ट्याब्लेट र एन्टिकफ १ हजार १४० ट्याब्लेट प्रहरीले बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.