सुदूरपश्चिमको तेस्रो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सको तेस्रो विकेट पतन भएको छ। हरमित सिंह १४ रन बनाएर आउट भएका छन्।
जनकपुरका मोहम्मद मोसिनले उनको विकेट लिएका हुन्। यसअघि ओपनरद्वय आउट भएका थिए।
जनकपुरका ललित राजबंशीले विनोद भण्डारीको विकेट लिए। भण्डारीले ४१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए। सैफ जैब ६९ रन बनाएर पेभेलियन फर्किए। सैफले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। जनकपुरका किशोर महतोले पहिलो सफलता दिलाए।