पावरप्लेमा जनकपुरको विष्फोटक ब्याटिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको बलियो लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा विष्फोटक ब्याटिङ गरेको छ।
जनकपुरले पावरप्लेमा बिना कुनै विकेट क्षति ७१ रन बनाएको छ। जनकपुरका ओपनर लाहिरु मिलान्था ३४ र आसिफ शेख ३२ रनमा खेलिरहेका छन्।
टियु क्रिकेट मैदानमा टस जितेको सुदूरपश्चिमले ९ विकेटको क्षतीमा १८४ रन बनाएको थियो। सुदूरपश्चिमले पावरप्लेमा ४८ रन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !