सुदूरपश्चिमको चौथो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सको चौथो विकेट पतन भएको छ। ब्रान्डन म्याकुमलेन १४ रन बनाएर आउट भएका छन्। जनकपुरका जेम्स निसमले उनको विकेट लिएका हुन्।
यसअघि हरमित सिंह १४ रन बनाएर आउट भएका थिए। मोहम्मद मोसिनले उनको विकेट लिए। यसअघि ओपनरद्वय आउट भएका थिए।
जनकपुरका ललित राजबंशीले विनोद भण्डारीको विकेट लिए। भण्डारीले ४१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए। सैफ जैब ६९ रन बनाएर पेभेलियन फर्किए। सैफले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। जनकपुरका किशोर महतोले पहिलो सफलता दिलाए।