एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेमला ९ विकेटको क्षतिमा १८५ रन बनाएको हो।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। सुदूरपश्चिमको बलियो साझेदारी किशोर महतोले तोडे। उनले ११.६ ओभरमा ६९ रनमा १२औं ओभरको अन्तिम बलमा किशोरको बलमा ललित राजवंशीको हातमा बाउन्ड्रीमा क्याच भए।

सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा उनलाई १३ औं ओभरको दोस्रो बलमा ललित राजवंशीले ४१ रन बनाउँदा बोल्ड आउट गरे। उनले ३१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। 

तेस्रो विकेट हर्मप्रित सिंहको गयो। उनलाई मोहम्मद मोसिनले हेमन्त धामीको हातमा क्याच गराए। चौथो विकेट ब्रान्डन म्याकमुलेनको गयो। १६औं ओभरको अन्तिम बलमा जेम्स निसमले बोल्ड गरे। 

पाँचौं विकेट सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीको गयो। उनले ७ बलमा ९ रन बनायो। उनलाई मोहम्मद मोसिनको बलमा पुनः प्रतिस्थापनमा फिल्डिङ गर्न आएका हेमन्त धामीले क्याच गरे। १९औं ओभरको पाँचौं बलमा पुन मोसिनले आरिफ शेखलाई खाता खोल्दा ललित राजवंशीको हातमा क्याच गराए। 

सातौं विकेटका रूपमा किशोर महतोले अन्तिम ओभरको पहिलो बलमा स्कट केग्गेलिनलाई बोल्ड गरे। चौथो बलमा सुदूरपश्चिमको आठौं विकेट नरेश बुढा ऐरको विकेट किशोरले लिए। उनले नरेशलाई शेर मल्लको हातमा क्याच गरे। नवौं विकेटका रुपमा इशान पाण्डे २०औं ओभरको अन्तिम बलमा रन लिने क्रममा रन आउट भए। 

जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३/३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १/१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.