१० ओभरमा जनकपुरले बनायो १०५ रन, दोस्रो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्सले १० ओभरमा १०५ रन बनाएको छ। १० ओभरमा जनकपुरले २ विकेट गुमाउँदै १०५ रन बनाएको हो।
जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षती ७१ रन बनाएको थियो। टियु क्रिकेट मैदानमा जनकपुरले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेख क्याच आउट भए। उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग ७३ रनको अर्धशतकीय साझेदारी गरे।
आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए। उनी सैफ जैबको बलमा ब्रान्डन म्याकमुलेनको हातमा क्याच भए। दोस्रो विकेट १०औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो। उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए।
हाल क्रिजमा ओपनर लाहिरु मिलान्था ५७ रनमा खेलिरहेका छन्।