सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो।

 

टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 

जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन्। 

जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा कप्तान आसिफ शेखलाई गुमायो। आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए। उनी सैफ जैबको बलमा ब्रान्डन म्याकमुलेनको हातमा क्याच भए।

दोस्रो विकेट १० औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो। उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए। 

१२औं ओभरको पहिलो बलमा लाहिरु मिलान्थाले जीवन दान पाए। उनले दिपेन्द्र सिंह ऐरीको बलमा उनकै हातबाट क्याच मिस भएका हुन्। त्यतिबेला ६६ रनमा खेलिरहेका थिए।  उनको विकेट जनकपुरको तेस्रो विकेटका रूपमा स्कट केग्गेलिनबाट कट एण्ड बोल्ड भए। उनले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ६१ रनको साझेदारी बनाए। 

जेम्स निसामले भने ७ बलमा ४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए। पाँचौं विकेट आकाश त्रिपाठी रन आउट भए। उनी २ रनमै रन आउट भए। 
हर्ष थाकर ३० रन र मयन यादव २ रनमा अविजित रहे। सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १/१ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 
अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए। ब्रान्डन म्याकमुलेन र हर्मप्रित सिंहले समान १४-१४ रन बनाए। स्कट केग्गेलिनले १३ रन बनाउँदा अन्य कोहीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
 
जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३र३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १/१ विकेट लिए। जनकपुरले सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटको हार व्यहोरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.