‘इनड्राइभ आईसिटी अवार्ड–२०२४’ सम्पन्न विभिन्न विधामा १६ अवार्ड वितरण

‘इनड्राइभ आईसिटी अवार्ड–२०२४’ सम्पन्न विभिन्न विधामा १६ अवार्ड वितरण
सुन्नुहोस्

काठमाडौं  : नेपालकै ठूलो प्रविधि अवार्ड ‘आईसीटी अवार्ड–२०२४’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। शुक्रबार हायात रेसिडेन्ट काठमाडौंमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र काठमाडौं नगरपालिकाकी उपमेयर सुनिता डंगोलको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो। 

इनड्राइभ आईसीटी अवार्ड–२०२४ मा विभिन्न विधामा १६ वटा अवार्ड प्रदान गरिएको थियो। जसमा निजी क्षेत्रको डिजिटल शिक्षामा लर्निङ रियल्म विद्यालय, सार्वजनिक क्षेत्रको डिजिटल शिक्षामा सुकुना माध्यमिक विद्यालयलाई, डिजिटल सेवामा आईएमई पे, डिजिटल गभरनेन्समा सर्वोच्च अदालत, पेसा उत्कृष्टतामा डा.विकेस खनाल, उद्यमीमा फुडमान्डु, नेपाली डायस्पोरामा नामी बराललाई, अग्रग्रामीमा प्रोफेसर डा. सुरेसराज शर्मा, एनसेल महिला आइकन आईसीटी अवार्ड–२०२४ बन्दना शर्मालाई दिइएको थियो। 

त्यस्तै, राइजिङ स्टार इनोभेसनमा स्पिकअप नेपाल, साउथ एसिया स्टार्टअपमा भारतको हाइफेन सीएससी, प्रोडक्टमा एपीआई व्यवस्थापन प्रणाली, इनड्राइभ स्टार्टअपमा क्रिमसन टेक्नोलोजी, सोसियल इनोभेसनमा जीओ कृषि प्रालि र हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड–२०२४ जाप सर्भिसेस प्रालिलाई प्रदान गरिएको थियो। 

साथै मान्यताका आधारमा देशका सातै प्रदेशबाट एउटा–एउटा कम्पनीलाई प्रदेश स्टार्टअप आईसिटी अवार्ड–२०२४ प्रदान गरिएको थियो। कोशी प्रदेशबाट डेल्टाटेक प्रालि, मधेस प्रदेशबाट तेज हेल्थ केयर, बागमती प्रदेशबाट अभियान्त्रिकी कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोइज प्रालि, कर्णालीबाट बिजनेस अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिमबाट फारवेस्ट इन्फोटेक एन्ड रिर्सच सेन्टर प्रालिलाई दिइएको थियो।

इन्ड्राइभ आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले स्वागत मन्तव्य दिँदै बुटक्याम्प सेसन, स्टार्टअप र आइडिया फेस्ट र फिल्ड भिजिटलगायतका चरणहरू पार गर्दैै बल्ल ग्रान्ड फिनालेमा आइपुगेको जानकारी दिए। काठमाडौं नगरपालिकाकी उपमेयर सुुुनिता डंगोलले नगरपालिकाले सानो–सानो डिजिटल कामहरू गर्दै आएको जनाइन्। डंगोलले आईसिटी अवार्ड–२०२४ का विजेताहरू विजेतामात्र नभई राष्ट्रको भविष्य निर्माता भएको धारणा व्यक्त गर्दै विजेताहरूलाई बधाई ज्ञापन गरिन्। 

त्यस्तै, सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय भेला गरेर आईटी क्षेत्रको सम्भावना, समस्या र समाधानलगायतका विषयमा छलफल गरी आईटी क्षेत्रका विकासका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.