ट्रम्पले नेपालमा दिइएको सहायतालाई 'फ्रड' भनेको भन्दै अर्थ समितिमा विदेशी सहयोगको विषयमा छानबिन गर्न माग

ट्रम्पले नेपालमा दिइएको सहायतालाई 'फ्रड' भनेको भन्दै अर्थ समितिमा विदेशी सहयोगको विषयमा छानबिन गर्न माग
सुन्नुहोस्

काठमाडौं : राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अमेरिकाले नेपाललाई दिएको सहयोगका विषयमा राष्ट्र बैंकसँग छलफल गर्न माग गरेका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सांसद शाहीले विदेशबाट आएको सहयोग रकमको हिसाबकिताब राष्ट्र बैंकसँग हुने भन्दै अमेरिकाले नेपाललाई दिएको सहयोगका विषयमा राष्ट्र बैंकसँग छलफल गर्न माग गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्ट देश भनेको र संघीयताका साथै जैविक विविधता लागि प्राप्त सहयोग 'फ्रड हो' भनेकाले नेपालमा आएको सहयोगको छानबिन गर्नुपर्ने उनले बताए।

सांसद शाहीले अनुदानमा आएका रकमको सबै हिसाब अर्थ समितिले माग गर्नुपर्ने उल्लेख गरे। भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्तासँग छलफल गर्न बोलाएको बैठकमा कार्यसूची बाहिरका विषयबस्तु राखेपछि सभापति सन्तोष चालिसेले सांसद शाहीको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै सांसद सूर्यबहादुर थापाले कार्यसूचीभन्दा बाहिरको छलफललाई नियन्त्रण गर्न सभापतिको ध्यानाकर्षण गराएका थिए। कांग्रेस सांसद कल्पना चौधरीले पनि विषयबस्तुभन्दा बाहिर गएर बोल्दा सभापतिले रोक्नुपर्ने बताइन्। उनले आफ्ना कुरा राख्ने र हिंड्ने सांसद शाहीको शैली रहेको भन्दै विरोध जनाएकी थिइन्। 

त्यस्तै अन्य समिति सदस्यहरूले समयमा नै विधेयकलाई अघि बढाउन गम्भीर हुनुपर्ने भन्दै विषयबस्तु बाहिरका विषयलाई सभापतिले रोक्नुपर्ने सुझाव दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.