नेपाल स्टक एक्सचेन्जका सीईओले दिए राजीनामा
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन्।
सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ। उनको राजीनामा आजै स्वीकृत भएको छ।
प्रतिक्रिया दिनुहोस !