नेपालमा पर्यटक: १६ वर्षमा १ करोड कि वर्षमै १ करोड !

नेपालमा पर्यटक: १६ वर्षमा १ करोड कि वर्षमै १ करोड !
फाइल तस्बिर।
सुन्नुहोस्

भ्रमणमा आएका विदेशी पर्यटक आम्दानीको एउटा गतिलो आधार हो देशको। सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। तथ्यांकअनुसार सो वर्ष ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ विदेशी आएका थिए। स्मरण रहोस्, २०१८ मा नेपाल भ्रमण गर्न आएको संख्या २०१७ को तुलनामा २४.८ प्रतिशतले बढी हो।

सन् २०१७ मा चाहिँ ९ लाख ४० हजार २ सय १८ जनाले विदेशी पर्यटक नेपाल आए। जुन सन् २०१६ को तुलनामा २४.८ प्रतिशतले बढी संख्या हो। सन् २०१६ चाहिँ ७ लाख ५३ हजार २ जना विदेशी पर्यटकले मात्रै नेपालको भ्रमण गरे। जुन २०१५ को तुलनामा माइनस ०.९ प्रतिशतले कमी थियो। त्यस्तै, सन् २०१५ मा चाहिँ केवल ५ लाख ३८ हजार ९ सय ७० विदेशीले मात्र नेपाल भ्रमण गरेका थिए। जसको खास कारण चाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनु रहेको थियो। हुन पनि सो वर्ष ठूलो मात्रामा नेपालमा विदेशी पर्यटकको आगमन दरमा कमी आयो। 

अर्थात् एकैचोटि लगभग एक तिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घट्यो।

तथ्यांककै आधारमा भन्नुपर्दा पनि २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा माइनस ३१ प्रतिशतले कमी देखियो। उता सन् २०१४ मा भने ७ लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक नेपाल सरकारसँग छ। सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा ०.९ प्रतिशत कम हो। २०१३ मा ७ लाख ९७ हजार ६ सय १६ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरे।

दुवै तथ्यांक हेर्दा सन् २०१३ र २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आए। तर सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यासँग तुलना गरेर हेर्दा ०.७ प्रतिशतले कमी रहेको पाइयो। तथ्यांकअनुसार सन् २०१२ मा ८ लाख ३ हजार ९२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो भनेको सन् २०११ को तुलनामा ९.१ प्रतिशतले बढी हो। सन् २०११ मा ७ लाख ३६ हजार २ सय १५ जना विदेशी पर्यटक नेपाल आए। जुन २०१० को तुलनामा २२.१ प्रतिशतले बढी हो।

 सन् २०१० मा चाहिँ ५ लाख २ हजार ८ सय ६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २००९ मा ५ लाख ९ हजार ९ सय ५६ विदेशीले हाम्रो देश घुमेका थिए। तथ्यांकअनुसार यो भनेको सन् २००८ को तुलनामा १ दशमलब ९ प्रतिशतले बढी संख्या देखियो। त्यसो त सन् २००८ मा भूकम्पताका जस्तै संख्या नेपाल आएको देखिन्छ। अर्थात् ५ लाख २ सय ७७ जना विदेशी पर्यटकले मात्र उक्त वर्ष नेपाल भ्रमण गरेका थिए। जुन तथ्यांक २००७ को तुलनामा माइनस ५ प्रतिशत रहेको थियो।

जे होस्, यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक हेर्दाखेरि सन् २००८ देखि सन् २०२३ को १६ वर्ष लामो अवधिमा बल्ल एक करोड संख्या नाघेको देखिन्छ। अर्थात् १६ वर्ष लामो अवधिमा बल्ल नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १ करोड ३ लाख ८३ हजार पुगेको देखिन्छ। यो वर्ष (सन् २०२४ मा) पनि सरकारले १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनेको भए पनि बढीमा ११ लाख नभए १० लाख ३४/५५ हजारदेखि १० लाख ५०/६० हजारसम्म पुग्ला कि ? 

जबकि विगत लामो समयदेखि नेपाल सरकारले चाहिँ विगत १२–१३ वर्षदेखि वार्षिक रूपमा कम्तीमा १५ लाख, १६ लाख, १८ लाख, २०, २२ लाख, २५ लाख ३० लाख विदेशी पर्यटक ल्याउने भनी घोषणा गर्दै आएको छ, लक्ष्य लिँदै आएको देखिन्छ। अझ राजनीतिक दल र तिनका नेताहरूले त पत्याउनै नसकिने गरी उबेलै वार्षिक २५ लाख, ३० लाख, ३५ लाख, ४० ४५ लाख ५० लाख ?! विदेशी पर्यटक नेपाल भित्र्याउने भनी सार्वजनिक रूपमा भाषण गर्ने गर्छन्, आफ्नो दलको चुनावी घोषणापत्रमा लेख्ने गर्छन्।

हुन त हामीले नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन दुई छिमेकी देश भारत र चीनका पर्यटकलाई आकर्षित गराउनेतर्पm लाग्नुपर्ने देखिन्छ। यसका लागि गहन अनुसन्धान गरी प्रभावकारी ढंगले काम गर्ने हो भने एकै वर्षमा एक करोड विदेशी भारत र चीनबाट मात्र ल्याउन सकिने आधार थुप्रै छन्। तर सरकार मौनजस्तै छ यस कार्यमा। किनभने सन् २०२४ मा मात्रै १२८ मिलियन चिनियाँ नागरिक पर्यटक भई विश्वका विभिन्न देशमा घुम्न निक्लिएको तथ्य सबैसामु छ।

स्मरण रहोस्, सन् २०२३ मा ८२ मिलियन चिनियाँ पर्यटक भई विश्वका विभिन्न देशमा घुम्न निक्लेका थिए। जबकि सन् २०२१ मा केवल ३२ मिलियन चिनियाँ नागरिक पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लेका थिए। सन् २०२० मा चाहिँ २७.५ मिलियन चिनियाँ नागरिक पर्यटक भई विभिन्न देशमा पुगेका थिए। त्यत्रो ठूलो संख्याको एक वा डेढ अंशमात्रै नेपालतर्फ आकर्षित गर्न सके हाम्रो देशको पर्यटनमा कति संख्या थपिएला ? अनि यसै हिसाबले भारतको संख्या जोड्दा कति पुग्ला ? अहिले नै जवाफ नदिउँ होला कि सरकार ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.