आवास सुरक्षित र सौन्दर्यपूर्ण होस्

आवास सुरक्षित र सौन्दर्यपूर्ण होस्

सरकारी होस् वा निजी पूर्वाधार, त्यसको सौन्दर्यताले छुट्टै पहिचान स्थापित गर्छ। कैयौं संस्कृति र कलाले भरिपूर्ण हाम्रो मुलुकमा सहरैपिच्छे कलायुक्त भौतिक पूर्वाधार निर्माण गर्न सकिन्छ। जसले बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षक गर्छ।

विदेशमा देखिने आकर्षक सहरहरू आफैं उत्पत्ति भएका होइनन्। त्यहाँका सरकारको योजनाबद्ध विकासले पूर्वाधारहरू एकनास तथा आकर्षक बने। 

सहरभित्र रहने निजी घरहरूले त्यस सहरको पहिचान स्थापित गर्छ। जनकपुरको पहिचान जानकी मन्दिरको कलाले गराएको छ। काठमाडौं उपत्यकाको छुट्टै पहिचान छ। नयाँ बन्दै गरेका संरचनाहरू सांस्कृतिक कलासँग जोडिदा सहर नै जीवन्त रहन्छ। पर्यटकले आहा भन्ने पूर्वाधार बन्छन्।

सहरलाई सुरक्षित र सौन्दर्य बनाउने जिम्मेवारी स्थानीय सरकारको छ। नयाँ संरचना बनाउँदा अनिवार्य नक्सापास गर्नुपर्ने व्यवस्था कडाइका साथ पालना भयो भने सहरका पूर्वाधारमा एकरूपता आउँछ। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको छेउछाउका घरमा एउटै रंग लगाउने निर्णय गर्‍यो। 

नयाँ बन्ने पूर्वाधारको नक्सा तथा रंगमा एकरूपमा बनाउने निर्णय कार्यान्वयनमा ल्यायो। केही संरचना फेरिए। काठमाडौं महानगरले परम्परागत शैलीको घर बनाउँदा नक्सापासमा सहुलियत घोषणा गरेको छ। यस्ता निर्णय कार्यान्वयनमा नागरिक सचेतनासँगै कडाइसमेत हुनुपर्छ। अहिले सहरमा आफूखुसी संरचना बनाउँदा एकरूपता छैन, जसले सौन्दर्यता त गुमेको छ नै असुरक्षासमेत बढ्दो छ।

जनकपुरमा बन्ने भौतिक संरचनाको नक्सा पाससमेत छैन। यो विपद् निम्त्याउने कामबाहेक केही होइन। घर बनाउँदा पिल्लरमात्रै ठड्याएर वर्षौं राख्ने प्रवृत्ति प्राविधिक रूपमा कमजोरी नै हो। प्रायःजसो घर निर्माणको क्रममा राजमिस्त्रीहरू र कामदारहरूको दबाब, छरछिमेकीको लहलहै र भविष्यमा तल्ला थप्न सक्ने सम्भावनाहरूलाई हेरेर अधिकांश घरधनीले छतमा पिलर उभ्याएर छाड्ने गर्छन्। ती पिलरहरूमा समयमा भवन नबन्ने, लामो समयसम्म त्यत्तिकै छाड्दा डन्डीमा खिया लाग्ने, हावापानीले संरचनालाई बिगार्ने समस्या छन्।

नागरिकले घरको आयु घटाउने काम आफैं नागरिकले गर्दै आएका छन्। यदि तीन सुत्ताको डन्डी छ र त्यसलाई तीन वर्षसम्म बिना कामको छाड्यो भने त्यो खिया लागेर दुई सुत्ताको बन्छ। यस्तोमा त्यो पिलर त घरको क्यान्सरसरह नै हुनजान्छ। त्यसैले जति तला भवन निर्माण गर्ने योजना हुन्छ, त्यति तला नै बनाएर सकाउनु सबैभन्दा राम्रो हुन्छ। 

सुरक्षित सहर निर्माणका लागि स्थानीय सरकारले नियम कानुनको व्यवस्था र त्यसको परिपालनामा कडाइ गर्नुपर्छ। नागरिकलाई सचेत बनाउनेदेखि नक्सा पासबिना हुने पूर्वाधार निर्माण गरेमा कानुनी व्यवस्था गर्नुपर्छ। सौन्दर्यसहितको सुरक्षित आवास निर्माणमा स्थानीय सरकारले विशेष ध्यान दिनु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.