ज्येष्ठ नागरिकलाई कम्बल
स्याङ्जा : राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर वृद्धा आश्रमका र अन्यसहित ३० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) प्रदान गरिएको छ।
सामाजिक विकास कार्यालय स्याङ्जाले चापाकोट नगरपालिकाको समन्वयमा राधा दामोदर आरोग्य वृद्धाश्रममा बस्ने २२ जना र अन्य ८ जना ज्येष्ठ नागरिकलाई जाडोको लागि भन्दै न्यानो ओढो कम्बल वितरण गरेको हो।
कम्बल प्रदान गर्दे चापाकोट नगर उपप्रमुख ईशा रानाले ज्येष्ठ नागरिक समाजका ऐना भएको बताइन्। उनीहरूका योगदान र अनुभवलाई सिको गर्दै सामाजिक विकासमा लगानी गर्नुपर्नेमा जोड दिइन।