गुणस्तरीय बिउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी

गुणस्तरीय बिउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी
सुन्नुहोस्

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउ बिजनमा कृषकहरूको पहुँच  बढाउन आवश्यक रहेको बताएका छन्। 

मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए। नेपाल बिउ व्यवसायी संघको २६ औ साधरणसभा तथा अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधारस्तम्भ बिउ भएकाले समयमै गुणस्तरीय बिउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन  आवश्यक छ, भने।

मन्त्री अधिकारीले आम नागरिकको घर खेत सम्म बिउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य संकट समेत आउन सक्ने भएकाले बिउ बिजनमा काम गर्नेहरू थप  बढि संवेदनशील हुन जरुरी रहेको बताए। 

‘उन्नत जातका बिउको प्रयोगले हाम्रो उत्पादकत्व बढाउन मात्र होइन। किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ। उचित समयमा उपलब्ध हुने गुणस्तरीय बिउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापी रूपमा स्थापित रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले बिउ विजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुन्छ।’

गुणस्तरीय बिउ बिजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै मन्त्री अधिकारीले बिउ बिजन ऐन, २०४५ तथा बिउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्र मैत्री रहेको पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.