राष्ट्रिय रैथाने खाना महोत्सव सुरु

राष्ट्रिय रैथाने खाना महोत्सव सुरु

काठमाडौं : चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरु भएको छ ।

भरतपुर भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले रैथाने खाना परिकारको पहिचान गर्ने र आयआर्जन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको हो। 

महोत्सवमा बोटे , दराई, थारू, गुरुङ, मगर, नेवार लगायत विभिन्न समुदायको सहभागिता रहेको छ। १६ गतेसम्म चल्ने महोत्सवमा विभिन्न जनजातिहरू पहिचान झल्कने खालका घरहरू र उक्त घरमा आआफ्ना समुदायको रैथाने खानाका परिकारहरू बनाएर बिक्री गरिरहेका छन्। 

महोत्सवमा रैथाने खानाका साथ साथै विभिन्न समुदायको कला संस्कृतिहरू पनि प्रदर्शन गरिएको छ। महोत्सवमा जनजातिहरूले कोदोको ढिडो, लोकल कुखुराको मासु, चिचर, घुँगी, माछा, योमरी, बारा लगायतका परिकारहरू छन्।

महोत्सवले स्थानी रैथाने परिकारको पहिचानका साथै पर्यटक प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिएको छ। उक्त महोत्सवको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.