सुक्खा बन्दरगाह उपयोगमा जटिलता

सुक्खा बन्दरगाह उपयोगमा जटिलता
सुन्नुहोस्

पूर्वाधार तथा परियोजनाहरूको निर्माणमा सरकारले गम्भीरतापूर्वक तयारी नगर्नु, कार्यान्वयन प्रक्रियाको अनुगमनका लापरबाही गर्नु नै ठूलो कमजोरी हो ।

बोलीचालीमा हामी पूर्व मेचीदेखि पश्चिम महाकाली नदीसम्म नेपाल छ भन्छौं । तर, महाकाली नदी पारि पनि नेपाल छ । त्यहाँ दोधारा–चाँदनी गाउँ छन् । हो तिनै ठाउँमा सुक्खा बन्दरगाह पनि बनाइँदै छ । भारतीय बजारबाट सामान आयात गर्न बन्ने बन्दरगाहको उपयोग भने तत्काल हुने छाँटकाँट छैन । त्यो किनभने बन्दरगाहसम्म पुग्नै कठिन छ ।

खासमा पहिला बन्दरगाह पुग्ने पहुँचमार्ग बनेर बन्दरगाह बनाएको भए हुन्थ्यो । पहुँचमार्ग लगायत अरू पूर्वाधार निर्माणको काममा हदैसम्मको लापरबाही र ढिलासुस्ती भएको छ । पूर्व–पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा–चाँदनी–१ (सुक्खा बन्दरगाहस्थल) मलेरिया नालासम्म ६ लेनको ८ किलोमिटर लामो सडक निर्माण त भएको छ तर महाकालीमा आएको बाढीले सडक भत्काएको छ । अनि बाँध निर्माणको काम अलपत्र छ ।

भारतीय राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच भए सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा हो । तर बन्दरगाह र सडक अनि महाकालीमा बाँध निर्माणमा लापरबाही हदै भयो । पक्की पुल निर्माणको काम गत वर्ष नै सकिएको छ । पुलसँगै निर्माण हुने अन्य संरचना निर्माण हुन बाँकी छन् । सम्झौताअनुसार ८ सय मिटर लामो ४ लेनको पुल, ८ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चारवटा पोखरी निर्माणको काम २० भदौ २०७७ मा सकिनुपर्ने थियो । तर, पाँचपटक म्याद थप हुँदासमेत सबै संरचना निर्माण हुन नसक्नु भनेको लापरबाहीको हद नै हो । म्याद थपको पराकाष्ठा स्वरूप छैटौंपटक थपिँदै छ ।

सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत ३ अर्ब २७ करोड रुपैयाँ थियो । बाँध निर्माणमा कमजोरी हुँदा र बाढीको चपेटामा सडकमार्ग पर्दा फेरि डिजाइन गर्नुपर्ने भएको छ । जसले खर्च तथा लागत वृद्धि भएको छ । डिजाइन परिवर्तन हुँदा एक अर्ब रुपैयाँ लागत बढेको छ ।

दोधारा, चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माणाधीन पुलको परियोजनाले सुदूरपश्चिमको विकासको ढोका खोल्ने सपना बोकेको छ । यसले भारतसँगको व्यापारिक सम्बन्धलाई सजिलो बनाउँछ । तर, परियोजनाको कार्यान्वयनमा देखिएका ढिलासुस्ती, लापरबाही र प्राविधिक कमजोरीले सुदूरपश्चिमको सपना धराशायी हुने खतरा छ । र यो परियोजना पनि नेपाल राज्यमा सुशासनको कति अभाव छ अनि भ्रष्टाचार तथा बेथिति एवं ढिलासुस्ती कति छ भन्ने कुराको अर्काे ज्वलन्त उदाहरण भएको छ । यस्ता पूर्वाधार तथा परियोजनाहरूको निर्माणमा सरकारले गम्भीरतापूर्वक तयारी नगर्नु, कार्यान्वयन प्रक्रियाको अनुगमनका लापरबाही गर्नु नै ठूलो कमजोरी हो ।

प्रभावकारी अनुगमन र मूल्यांकन प्रणाली नबसाएसम्म यस्ता प्रवृत्ति दोहोरिरहन्छन् । कुरा सुक्खा बन्दरगाह, महाकालीमा बाँध र सडक तथा पुल निर्माणको मात्रै होइन, सम्पूर्ण प्रक्रिया र प्रणालीको हो ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.