जहाँ हिमाल हाँस्छ, प्रकृति नाच्छ

जहाँ हिमाल हाँस्छ, प्रकृति नाच्छ

बौजुका कम्पनी माला दाइ क्यान मास्दा हुनमन् 

भन्या साउनीका रात दन्तक्यै हाँस्दा हुन्।

२०३४ कात्तिक १४ गते रेडियो नेपालको तत्कालीन फूलबारी कार्यक्रममा गाएको माथिको मौलिक देउडा गीतको श्रीगणेशले वर्तमानमा राम्ररी मूर्तरूप पाएको छ। त्यसो त २०३४ सालअघि अग्रज महाशंकर देवकोटा, परिमल स्नेहीलगायतले देउडा र लोकगीत नगाएका होइनन्। बौजु शब्द राखेर देउडामा धेरैले स्वर दिए। बौजु (भाउज्यू) र देवरबीचको आत्मीय सद्भाव गहिरो हुने भएकाले कलाप्रेमीले यसको प्रयोग गरेका छन्।

२०३५–३६ साल हँुदै २०४२ सम्म गौरा र बिसुपर्वका बेला राजधानीमा देउडा खेलिन्थ्यो, गीत गाउने काम हुन्थ्यो। तर संख्या सीमित थियो। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, भीम रावल (तत्कालीन माले) लगायतले खुसी मानीमानी देउडा खेल्ने गर्थे। इतिहासका ती कठिन कालखण्डसँग देउडाको मितेरी लाउँदाका दिनहरू सम्झँदा आनन्द लाग्छ। विगत २५÷३० वर्षयता गाउँको संस्कृति सर्लक्क सहरमा प्रवेश गरेको छ। भाद्रको गाम्या संक्रान्ति होस् या अनन्त्या चतुदर्शी, दसैं, तिहार होस् या पुसको १५ मा मनाइने पर्व, संस्कृतिकर्मी युवा राजधानीलगायत सुदूरपश्चिम प्रदेशको धनगढी, महेन्द्रनगर, कर्णाली प्रदेशको सुर्खेत र कोहलपुरमा जम्मा भएर समूहसमूहमा देउडा खेल्ने गर्छन्।

राजधानीमा हालै सुदूरपश्चिमबासीले देउडा खेलेर पुस १५ को स्वागत गरे। पुराना पिँढीका देउडा गायकगायिकादेखि नवपिँढीहरू देउडामा रमाए। पहाडी संस्कृतिको झझल्को मेटे। सुदूरपश्चिम सांस्कृतिक समाज नामक संस्थाले प्रज्ञा प्रतिष्ठान कमलादीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न ग¥यो। सो समारोहमा मिथिलाञ्चलका कलाकारका साथै हास्यव्यंग्य कलाकार शिवशंकर जोगिन्दर पान मसलाले सुदूरपश्चिमको भूमिलाई राम्रैसँग बन्दना गरे। आयोजक कमिटीका तर्फबाट सुरेश बोहोरा, गायक उमाशंकर जोशी, भानुभक्त जोशी, टेक बोगटी, शान्ति धामीले देशभरि नै देउडा गीतको बीजारोपण गर्ने व्यक्तिका कारण अहिले व्यापक हुन पाएको बताए। दार्चुलाबाट आएका दर्जनौ महिलाले आआफ्नो भेषभूषामा सजिएर डेढ कदममा खेलिने देउडा खेलमा आफ्नो उपस्थित जनाए।

पछिल्लो पुस्ताका गायिका गौरी भट्ट, निरुता खत्री, शोभा थापा, रेखा जोशी, दीपा रोकाया आदिले सुदूरपश्चिम र कर्णालीको माटोको बास्ना राजधानीमा छरे। कुनै बेला महिला स्वरका लागि गायिका लोचन भट्टराई, प्रार्थना खनाल, जानकी भट्टराई, चन्द्रकला शाह, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, इन्दिरा गुरुङ, टीका पुन आदिलाई सम्झनु पथ्र्यो। अहिले सांगीतिक संसार फेरिएको छ। सुदूरपश्चिमका कलाकारको आफ्नै रेकर्डिङ स्टुडियो छ, सांगीतिक माहोल आफ्नै छ। २०४० को दशकमा रेडियो नेपालको स्टुडियोको भर पर्नुपथ्र्याे। २०४३÷४४ देखि ६० को कालखण्डमा म्युजिक नेपाल, रिमा रेकर्डिङ स्टुडियोमा दर्जनौं देउडा गीतका क्यासेट बने। जसमार्फत देउडा गीतसंगीतलाई उचाइमा पु¥याउने साधकमा नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, मोतीराज बम, मधुबाबु थापा, यज्ञराज उपाध्याय, शिवचन्द्र खत्री, अन्तराम विष्ट, कीर्तिबहादुर सिंह, टेकराज अवस्थी, भुवन दाहाल, दीपेन्द्र दाहाल, पंक्तिकार आदि हुन्।

यसैगरी, महिला स्वरमा योगदान दिने पुराना सर्जकमा दीपा धामी, हरिना सावद, डिक्रा बादी आदिलाई भुल्न सकिँदैन। महाशंकर देवकोटा, परिमल स्नेहीजस्ता आदि पुरुषले कालीकर्णालीको सांगीतिक पहिचान राजधानीसम्म पु¥याएको इतिहास जीवित छ। देउडा गायनमा कान्छो उमेरको कलाकारमा सु  श्रुत तिमिल्सिनाको नाम लिन सकिन्छ। जसले ८ वर्षमै २०५३ सालमा दुई वटा मीठो लयका देउडा गीत रेकर्ड गरेका थिए। जसको संगीत संयोजन गणेश परियारले गरेका थिए। संगीतज्ञ शिलाबहादुर मोक्तानले देउडा गायकगायिकालाई लगाएको गुन पनि भुल्न सकिँदैन। वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सुदूरपश्चिम र कर्णाली क्षेत्रको गीत र संगीतको नाता भूल्ने कुरै भएन। जसले गीतमाथि न्याय दिलाए, कालजयी बनाए। अहिले त्यही सांगीतिक गुण सुदूरका माटोमा जन्मेका प्रतिभा विनोद बाजुरेली र भुवन बडूले सयौं गायकगायिकालाई लगाइरहेछन्।

देउडा गीतमा लय र शब्दको महत्व गहिरो हुन्छ। शब्द प्राण हो, लय गति हो। लय र शब्दले गीत कालजयी बन्छन्। स्वरसम्राट नारायणगोपालले गाएका गीतमा शब्दको गहिराइ जानी नसक्नुको छ भने स्वर र लयले   श्रोताको मन र मुटु छोइरहन्छ। यस्ता व्यक्तित्व सुदूर र कर्णालीका माटोले पनि जन्माएको छ। तर देउडा गीतको भूगोल सानो छ,   श्रोता कम छन्। देउडा गीत आफैंमा मर्यादित संस्कृति पनि हो। संस्कृतिसँग पनि देउडा गीतको सम्बन्ध छ। देउडा गीतका शब्दहरू अर्थात् देउडाका गेणीहरू जोकोहीले टिप्न सक्दैनन्। यसका लागि भावनाका गहिराइमा डुब्न सक्ने व्यक्तिले मात्र शब्द चयन गर्न सक्छ। देउडामा सवालजवाफ गर्नु पनि खुबीकै विषय हो। यी गीतमा यसरी शब्द चयन गर्नेमा पुराना पिँढीका नरेन्द्रराज रेग्मी नाम अग्रपंक्तिमा आउँछन्। उनले लेख्ने गीतका कथावस्तुमा शब्द सरल र अर्थपूर्ण छन् जसले मन पगाल्छन्।

त्यसपछिको कालखण्डमा सर्जक राजेन्द्र शाह र बीपीका शब्द अर्थपूर्ण छन। विषय छनोट गाम्भीर्यताअनुसार बीपीका देउडा गीतका शब्द   श्रवणीय र घतलाग्दा छन्। सुन्दा मन पग्लिन्छ। गम्भीर हुन मन लाग्छ। प्रकाश थापालगायतका गायक र गायिकाले पनि न्याय दिएका छन्, उनका देउडा गीति शब्दमा। कर्णालीका मोती मानिने मोतीराज बम आफैंमा सफल कवि पनि हुन्। जसका देउडा गीति शब्दमा करुणारसको प्रधानता पाइन्छ। दीपा धामी, डिक्रा बादीलगायतका नारी स्रष्टाका शब्दले सुदूरपश्चिम र कर्णाली प्रदेशमा नारी बर्गले भोग्दै आएका पीडा छताछुल्ल भएका छन्। यस्ता धेरै शब्द संकलन भएका छन्, जसले   श्रोतालाई धुरुक्कै रुवाउँछन् पनि। ठाडी भाकाका जादुगर गायक हरिश्चन्द्र कडायत र उमिद रोकाया यसका उदाहरण पात्र हुन्।

माथि उल्लेखित नाम त नमुना मात्र हुन्। सयौं गीतांगी आँसुकवि हुन्, सुदूरपश्चिम र कर्णाली प्रदेशका। अथाह संस्कृतिले भिजेको भूमि हो, काली कर्णाली। जहाँ हिमाल हाँस्छ, प्रकृति नाच्छ र देउडा गीतका पुजारीहरू संस्कृतिको रापिलो दियो जलाउँछन्। आफ्नै भाषा, परम्परा, खानपिन र संस्कृतिमा रमाउने मानिसको राज्यसँग कुनै लेनदेन छैन, गुनासो पनि छैन। काठमाडौं उपत्यकाका कुनाकुनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका नरनारी विभिन्न पेसामा संलग्न छन्। जो काम छाडेर जन्मथलोको संस्कृति संरक्षण गर्न र पर्व मनाउन भेला हुन्छन्। रामरमिता गर्छन्। पुस १३ गते पनि यस्तै छनक देखियो, काठमाडौंको दहचोकस्थित स्विटजरल्यान्ड पार्कमा। सुदूरपश्चिम महालक्ष्मी समाजद्वारा आयोजित मिलन कार्यक्रममा जाडोको प्रवाह नगरी सबै वयका नरनारीले खेलेका देउडा पनि सम्झनलायक रह्यो। अध्यक्ष डा. पदमराज कलौनी, सल्लाहकार साम्राज्यविक्रम पाण्डेलगायत पूर्वराष्ट्रसेवक कर्मचारीले मातृभूमिको सम्झना गर्दै देउडा खेले, संस्कृतिको उत्सव मनाए। दिनप्रतिदिन फैलँदै छ देउडा संस्कृति।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.