पर्सामा ह्युमपाइप राख्न खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको मृत्यु

पर्सामा ह्युमपाइप राख्न खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको मृत्यु
सुन्नुहोस्

वीरगन्ज : पर्साको पटेर्वा सुगौलीमा ह्युमपाइप राख्न खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ। अर्का एक युवक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका-२ जमुनियाका २३ वर्षीय सुदर्शन चौधरी रहेका छन् ।

पटेर्वा सुगौली गाउँपालिका-४ कर्बोला चोकको सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा मंगलबार राति  ९ बजे पथरैयाबाट पचगावा जाने क्रममा ना २८ प  ३८१९ नम्बरको एफजेड मोटरसाइकल खसेको थियो।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका चौधरी गम्भीर घाइते भएका थिए । उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चौधरीको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ।

घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.