अध्यादेशबाट निजी क्षेत्र उत्साहित

सरकार र निजी क्षेत्र एक्लाएक्लै हिँडेर गन्तव्यमा पुगिँदैन, पाटनरसिप गरौं : प्रधानमन्त्री

सरकार र निजी क्षेत्र एक्लाएक्लै हिँडेर गन्तव्यमा पुगिँदैन, पाटनरसिप गरौं : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भन्नेर बजार हल्लामात्र भएको बताएका छन्। उद्योग व्यवसाय प्रवर्द्धनको लागि अध्यादेश ल्याएकोमा धन्यवाद दिन बुधबार बालुवाटारमा उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको विचार नमिलेको र सरकार ढल्दै छ भन्ने हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन्।

उनले सत्ता गठबन्धनमा रहेका दलहरू देश बनाउने नीति निर्माणमा प्रभावकारी ढंगले लागिरहेको बताए। प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेको हुँदा आफ्ना स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेहरुबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताए। एमाले अध्यक्षसमेत रहेका ओलीले सुशासन र विकाससँग सम्बन्धित व्यवहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने बताए। अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यका साथ विभिन्न अध्यादेश ल्याएको उनको भनाई छ।

भूमिसम्बन्धी समस्याहरू सुल्झाउन छिट्टै अध्यादेश जारी हुने उनले जानकारी दिए। सरकारले हाउजिङ गर्न दिने तर बनाइसकेपछि हदबन्दी लगाएर रोक्ने गर्दा व्यक्तिको लगानी डुब्ने र सबै क्षेत्र अस्तव्यस्त हुने कुरालाई चिर्न सो अध्यादेशले सहयोग गर्ने ओलीले स्पष्ट पारे। सरकार र निजी क्षेत्र एक्ला एक्लै हिँडेर गन्तव्यमा नपुगिने बताउँदै ओलीले दुवै क्षेत्र पाटनरसिप गरेर अघि बढ्दा मात्र गन्तव्यमा पुगिने प्रष्ट पारे। कृषिलाई सबल बनाउन जग्गाको हदबन्दीलाई हटाउनु पर्नेमा जोड दिँदै यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।null

अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने

नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका थिए। ओलीले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मक रुपमा लिएकोमा खुसी व्यक्त गरे। 

निजी क्षेत्रका प्रतिनिधिले कोभिड १९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे। उनीहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढङ्गले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुन योगदान मिल्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरु स्वागतयोग्य भएको बताए। उनले अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिट्टै उपयुक्त नियमावली र कार्यविधि ल्याउनुपर्नेमा जोड दिए।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी गरेका थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश जारी हुने क्रममा रहेको छ।null

बालुवाटारमा उपप्रधानमन्त्री, मन्त्रीको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरु स्वागतयोग्य भएको अवगत गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.