अध्यादेशबारे प्रधानमन्त्री भन्छन्- हामीले विद्यालय चलाएका होइनौं, राति पनि काम गर्छौं

अध्यादेशबारे प्रधानमन्त्री भन्छन्- हामीले विद्यालय चलाएका होइनौं, राति पनि काम गर्छौं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राति राति अध्यादेश जारी गरेको भन्दै भ्रम फैलाइएको बताएका छन्। बुधबार अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले १०-५ को विद्यालय नचलाएको प्रस्ट पारे।

'मध्यरातमा अध्यादेश आयो। पौने ११ बजे कसरी मध्यरात भयो? मध्यरात भन्नेहरू कुन भू-भागमा थिए? सरकार विहान, बेलुका, दिउँसो, राति पनि गर्छ। हामीले १०-५ को विद्यालय चलाएका होइनौं,' उनले भने। आफू आराम गर्न नजन्मिएको उनको भनाइ छ।

उनले संसदले पनि नभ्याएको बेला राति रातिसम्म काम गर्ने गरेको बताए। 'कुनै कानुन राति बनाउन पाइँदैन भन्ने छैन। संसदले पनि राति काम गर्छ। राम्रो काम कति बजे गर्नु हुँदैन भन्ने छैन,' उनले भने, 'राति पनि बत्ति बालेरै गर्ने हो। अंक हेरेरै गर्ने हो। यो रात दिन भन्नेहरू अफबाह फैलाउने कुरा मात्र हुन्। यो राम्रो तरिका पनि होइन। यस्ता कुरा स्विकारिँदैन,' उनले भने।

उनले २९ वटा कानुन संशोधन गरेर अध्यादेश ल्याइएको बताए। जनताको हितमा काम गर्न, विकास निर्माण र समग्र सुशासनलाई प्रभावकारी ढंगले अगाडि बढाउन ती कानुनहरू संशोधन गरिएको प्रधानमन्त्रीको भनाइ छ। तर, राष्ट्रपतिले अध्यादेश रोक्यो भन्ने भ्रम फैलाइएको उनले बताए।

'अहिलेको सरकार जनतालाई सेवा गर्नेदेखि लिएर समग्र सुशासनको पक्षलाई प्रभावकारी बनाउन र सुशासनका सबै मापदण्ड भ्रष्टाचारलगायतका विषयमा ध्यान पुर्‍याउने र विकासका काम गतिशीलताका साथ अगाडि बढाउन अध्यादेश ल्याइएको हो।। तर अध्यादेश रोक्यो भन्ने अफबाह फैलाइयो। राष्ट्रपतिले पनि अध्ययन गरेर नै अध्यादेश जारी गर्ने हो। कति मसान्तकै दिन भ्याउनुभयो। बाँकी पछि भइहाल्छ। तर भूमिसम्बन्धी अध्यादेशलाई रोकियो भन्न मिल्दैन। अपव्याख्या गरियो,' उनले भने।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नक्कली वक्तव्य जारी भएको प्रति पनि असन्तुष्टि पोखे। 'कांग्रेसका सभापति शेरबहादुर देउवाजीको नक्कल वक्तव्य आयो। यस्तोसम्मको जाली काम, सत्यलाई तोडमोड गर्ने काम भइरहेको छ। यी सबै भ्रमहरूको पर्दाफास अध्यादेशले गरेको छ भन्ने मलाई लागेको छ,' उनले भने।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको शीर्ष नेतृत्व तह, व्युरोक्रेसीको शीर्ष नेतृत्व र विशेषज्ञसँगको विस्तृत छलफल र सल्लाहमा अध्यादेश जारी गरिएको बताए। 'अध्यादेश जारी गर्नैपर्ने भएकाले गरेको हो। एमाले र कांग्रेसको नेतृत्वको संयुक्त सरकार काम गर्न बनेको हो। यसले जनताका समस्या सम्बोधन गर्छ। सुशासन र विकासलाई अगाडि बढाउँछ। कुनै पनि चिजले गति रोक्न सक्दैन। सरकारमा रहेका दलहरूमा पूर्ण सहमति छ। कुनै दलको पनि फरक मत छैन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.