सुप्रिम सहकारी ठगी प्रकरण

थुनछेक बहसमा अधिवक्ताको प्रश्न : अभियुक्त रविलाई हिरासतमा किन नपठाएको ?

थुनछेक बहसमा अधिवक्ताको प्रश्न : अभियुक्त रविलाई हिरासतमा किन नपठाएको ?
फाइल तस्बिर।

भैरहवा : जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसमा बुधबार अभियुक्त रवि लामिछानेलाई हिरासतमा किन नराखेको भन्दै इजलासमा प्रश्न उठेको छ।

बहसका क्रममा वादी (पीडित) तर्फबाट बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अभियुक्त लामिछानेलाई प्रहरी हिरासतमा किन नराखिएको भन्दै प्रश्न गरेका हुन्। स्रोतका अनुसार अधिवक्ता त्रिपाठीले अभियुक्त लामिछानेलाई हिरासतमै राखेर थुनछेक बहस गर्नुपर्नेलगायत विषयमा बहस गरेका छन्।

यसअघि सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बयान सकिएकै दिन थुनछेक नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको थियो। 

बुधबार मुद्दामा लामिछानेको बयान सकिएपछि बिहीबार बिहान साढे १० बजे हाजिर हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा उनलाई छाडिएको थियो ।

बिहीबार बिहान अदालतमा लामिछाने हाजिर भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस जारी छ । 

स्रोतका अनुसार अहिले वादीकै तर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । वादी तर्फको बहसपछि प्रतिवादीतर्फको बहस हुनेछ । दुवै तर्फका बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधरण तारेखमा छोड्ने भन्ने  आदेश आउनेछ । बहस आजै सकिने वा नसकिनेमा टुंगो छैन । 

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोगपत्रबाट लामिछाने,पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.