एमाले संसदीय दलको बैठकमा ओलीको सम्बोधन


काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक जारी रहेको छ। आज दिउँसो नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बसेको हो।

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरिएको छ। अहिले संसदीय दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। उनले नेपालमा हिमालमा हिउँ देखिन छाडेकाले जलवायू परिवर्तनको असरबारे सगरमाथा संवादमार्फत विश्वलाई जानकारी गराउने बताए।

आगामी संसद्‍मा अधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ।गत बुधबार एमाले संसदीय दलले विज्ञहरूसमेत बोलाएर एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको थियो। हिउँदे अधिवेशनमा एमालेका सांसदले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ। 

सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरुलाइ जानकारी गराएको र सदनमा थप सशक्त रुपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको उनको भनाई छ। संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेश गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थित रुपमा अघि बढाउन सरकारलाई सुझाव समेत दिने एमालेको तयारी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.