९२०० गाडी बोक्न सक्ने ‘बीवाईडी सेन्जेन’ सार्वजनिक

९२०० गाडी बोक्न सक्ने ‘बीवाईडी सेन्जेन’ सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : बीवाईडीले ‘बीवाईडी सेन्जेन’ सार्वजनिक गरेको छ। चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले जुन संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर रहेको यस जहाजले ९,२०० गाडी बोक्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ।

यो बीवाईडीको दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्वपूर्ण कदम भएको जनाएको छ।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ। यी प्रविधिले ‘बीवाईडी सेन्जेन’ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।

‘बीवाईडी सेन्जेन’ले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि ‘बीवाईडी एक्स्प्लोरर नं. १’, ‘बीवाईडी हेईफेई’ र ‘बीवाईडी चान्जाओ’ जस्ता जहाजहरूले ७, ००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी आपूर्ति गरेका थिए। बीवाईडीले २०२६ सम्म आफ्नो जहाज संख्या आठ पुर्‍याउने योजना बनाएको जानकारी गराइएको छ।

२०२४ मा बीवाईडीले चार लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठाएको बताइएको छ। जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशतले बढी हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.