परराष्ट्रमन्त्री राणाले भारतसँग मागिन् नयाँ हवाई रुट

परराष्ट्रमन्त्री राणाले भारतसँग मागिन् नयाँ हवाई रुट
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटमा नयाँ हवाई रुटको विषयमा कुराकानी गरेकी छन्। परराष्ट्रमन्त्री डा. देउवा र अतिरिक्त सचिव महावरबीच बुधबार शिष्टाचार भेट भएको हो। भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरूका छलफल हुनुका साथै नयाँ हवाई रुटको अनुमतिको बारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले पछिल्लो एक दशकभन्दा बढी समयदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। तर नेपालले ती स्थानबाट हवाई रुट पाएको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल पनि नयाँ रुटका सम्बन्धमा नेपालले सबै किसिमले भारत समक्ष प्रस्ताव राखेको बताउँछन्। प्रधानमन्त्रीस्तरीयदेखि मन्त्रिस्तरीय सबै किसिमका दुईपक्षीय भेटमा नयाँ हवाई रुटका बारेमा नेपालले आफ्नो मुद्दा उठाउने गरेको भूल बताउँछन्। नेपालको पक्षबाट सबै कुरा राखेको तर भारतीय पक्षबाट निर्णय हुन नसकेको उनको भनाइ छ। भारतले नयाँ रुटको सम्बन्धमा निष्कर्षसहितको निर्णय भने दिन नसक्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भिœयाउने सरकारको योजना अलपत्र पर्दै आएको छ। पछिल्लो पटक भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा पनि यो विषयमा सरकारले छलफल गरेको थियो। २०८० सालको जेठमा भारतको नयाँ दिल्लीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरपोर्टस् अथोरिटी अफ इन्डियाका पदाधिकारीबीच भारतमा वार्ता भएको थियो। तर, त्यो पनि निष्कर्षमा पुग्न सकेन। 

नेपालले माग गरेअनुसार भारतले नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराएको अवस्थामा उडान खर्च र समयको बचत हुनुका साथै हवाई ट्राफिक जामको समस्या पनि समाधान हुने प्राधिकरण बताउँछ। हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन् भने चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। नेपाल बाहिरिने हवाई रुट भने सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग छ।

प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता नेपालले भोग्दै आएको छ। हाल प्रयोग भइरहेका रुटबाहेक थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने बताइन्छ। कम्तीमा भैरहवा र नेपालगन्ज रुटका लागि मात्रै भारत सकारात्मक हुने हो भने नेपाल छिर्ने विमानका लागि दूरी निकै घट्ने छ। 

भैरहवा रुटबाट जहाजले प्रवेश बिन्दु पाउने हो भने भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो दूरी पर्नेछ। काठमाडौं विमानस्थल आउन पनि भैरहवाको रुट छोटो पर्नेछ। सहमतिको पर्खाइमा रहेका नयाँ हवाई प्रवेश मार्ग उपलब्ध हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र प्रस्तावित निजगढ विमानस्थल सञ्चालनमा फाइदामा जाने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.