नेपाली विद्यार्थीको समस्या समाधान नगरिए ओडीसा राज्यमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

नेपाली विद्यार्थीको समस्या समाधान नगरिए ओडीसा राज्यमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं : सरकारले ओडीसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न आग्रह गरेको छ। कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा विकसित घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण ढंगले समस्या समाधान गर्न आग्रह गरेको छ। 

नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडीसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने मन्त्रालयले चेतावनी दिएको हो। 'केआइआइटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने,' विज्ञप्तिमा भनिएको छ। 

विद्यार्थीहरूले निर्वाधरूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेको सहसचिव शिवकुमार सापकोटाले बताए। त्यसका अतिरिक्त सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवं सहायता प्रदान गर्ने तथा भावी दिनमा अन्य विदेशी विश्वविद्यालयमा समेत घट्नसक्ने विद्यार्थीका शैक्षिक समस्या समाधान गर्न पूर्वयोजनासहित मन्त्रालयको भूमिका अझ प्रभावकारी तुल्याउने उद्देश्यले यस मन्त्रालयमा तपसिलका कर्मचारी सहितको सहायता कक्ष स्थापना गरिएको उनले बताए। 

null


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.