अन्नपूर्णको दोस्रो साप्ताहिक उपहार विजेता बन्यो काब्या स्कुल

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले देशभर सञ्चालन गरिरहेको हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाको दोस्रो साप्ताहिक विजेता काब्या स्कुल बुद्धनगर बनेको छ। बिहीबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित साप्ताहिक लक्की ड्रबाट अन्नपूर्णको वार्षिक ग्राहक बनेको रसिद न. ११८९/८१ रहेको काब्या स्कुल बुद्धनगर विजेता बनेको हो। पाइलट समिता भण्डारीले लक्की ड्र गरेकी थिइन्। विजेता बनी उसले ओपोको मोबाइल फोनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर जितेको छ।
अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्नासाथ हातहातै उपहारै उपहार पाउनेछन्। वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्ट्को तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ।
वार्षिक ग्राहक बन्नेले हातहातै वन्डरल्याण्डको १५ सय रुपैयाँको भौचर (जहां रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आइएनआई सिनेमाको मूभी भौचर पाउनेछन्। यो नलिए उनीहरूले छनोट पनि गर्न पाउँछन्। जसमा नगद ५ सयदेखि ३४ सयसम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आइएनआई सिनेमाको मूभी भौचर र अन्नपूर्ण केबलकारको टिकट पाउनेछ।
त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता लक्की ड्रबाट ओपोको मोबाइल फोनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। मासिक पुरस्कारमा वासिङ मेसिनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। यो वार्षिक ग्राहक योजना देशभर लागू भएको छ। यो योजना ४ महिनासम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस !
