दुई मोडल नेपाल ल्याउँदै एलएस अटो, चितवनमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
काठमाडौं : एलएस अटोले २०२५ मा दुई मोडलहरू एलईभी ०३ र एलईभी ०५ मोफसलमा ल्याउँदैछ। एलईभी ०१ एक प्रिमियस क्रमओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।
एलएस अटोले बनाएको पहिलो मोडल एलईभी ०१ नेपाल भित्रिसकेको छ ।
नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्ती भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो । स्ट्याण्डर्ड र कम्फर्ट गरि दुई भेरियन्टमा भित्रियको एलईभी ०१ मा ६७.१ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।
एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्टिक प्ल्याटफर्म एलईभी एक्समा बनेको यो इभीमा व्याट्रीप्याक पोजिसन साइड बडिभन्दा अझैमाथि रहेको छ ।
यसको व्याट्रीप्याक र ग्राउण्ड बिचको दुरी द्दद्दज्ञ एमएमको रहेको छ । एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यसको व्याट्रीप्याक अन्य इभीहरूमा जस्तो ह्याङगीङ्ग भएको जस्तो बाहिरबाट देखिदैन । एस भोल्टको व्याट्री एनसीएम तथा व्लेडव्याट्री भन्दा ८ प्रतिशतले बढि दक्ष रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो
एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसको ड्रयाग कोफिसीयन्ट इलेक्ट्रीक एसयूभीहरुमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
प्रिमीयम डिजाइन रहेको एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता फिचर रहेको छ । सुरक्षाका लागि यो इभीमा १० वटा एयरव्याग, इबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेको छ ।
LS AUTO आधिकारिक विक्रेता नेक्सन वेन्चर प्रालिले चितवनको CGR Resort बाट टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरू गर्दैछ। क्याम्प फाल्गुन ९ र १० गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस !