नेपालमा सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक,मूल्य कति ?

नेपालमा सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक,मूल्य कति ?
सुन्नुहोस्

काठमाडौं : सामसङ नेपालले ग्यालेक्सी एस–२५ अल्ट्रा, ग्यालेक्सी एस–२५ प्ल्स र ग्यालेक्सी एस–२५ अल्ट्रा स्मार्टफोनको प्रि–अर्डर शुरू भएको घोषणा गरेको छ।

काठमाडौंमा एक कार्यक्रमबीच सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस २५ सिरिजको अनावरण गरेका हुन् । आउँदो फागुन १ गतेसम्म एस–२५ सिरिजको प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको एक वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको सुरुवात गरेको हो। ग्यालेक्सी एस २५ सिरिजले सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै सल्लाह र सुझावहरू दिने सामसङ नेपालको निर्देशक प्रणय रत्न स्थापितले जानकारी दिए।

ग्यालेक्सी एस २५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ। १ फाल्गुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ। प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबी बाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।

ग्यालेक्सी एस २५ + र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो रु १४,९९९ मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।

यसैगरी ग्यालेक्सी एस–२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकले सबको फोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् । देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले रु ५२५० महिनादेखि शुरू हुने शून्य प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.