अमेरिकामा विमान दुर्घटना, ४० जनाको शव निकालियो

विमानमा सवार ६४ र हेलिकप्टरमा सवार ३ जनाकै मृत्यु भएको आशंका

अमेरिकामा विमान दुर्घटना, ४० जनाको शव निकालियो
सुन्नुहोस्

६४ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमान बुधबार राति दुर्घटनामा परेको छ। उक्त विमान सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो। यो समाचार तयार पार्दासम्म उद्धार टोलीले ४० शव हिउँले भरिएको पानीबाट निकालेको सीएनएनमा उल्लेख छ। 

अहिलेसम्म ४० को शव निकालिए पनि विमानमा सवार ६४ र हेलिकप्टरमा सवार ३ जनाकै मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

वासिङ्गटन डिसीनजिकै बुधबार साँझ भएको दुर्घटनामा कोही पनि बाँच्न नसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। ६० यात्रु र ४ चालक दलसहित ६४ सदस्य सवार  उक्त विमान र हेलिकप्टर दुर्घटनापछि पोटोम्याक नदीमा खसेको थियो। हेलिकप्टरमा तीन जना सैनिक सवार थिए। विमानमा अमेरिकाबाट फिगर स्केटरहरू पनि थिए। रसियाले विमानमा आफ्ना केही नागरिक पनि सवार रहेको पुष्टि गरेको छ।

जेट क्यान्ससबाट वासिङ्गटन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (एच–६०) हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो। हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको एजेन्सीहरूले उल्लेख गरेका छन्। घटनामा संलग्न अनुसन्धानकर्मीहरूले हेलिकप्टर किन त्यो उचाइमा उडेको थियो भन्ने विषयमा सोधपुछ गरिरहेको बताइएको छ।
हेलिकप्टरमा सेनाका कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु। अवस्थाको अनुगमन भइरहेको छ।’

उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, ‘मृतकका आत्मालाई भगवान्ले शान्ति प्रदान गरून्।’

यसअघि एयर ट्राफिक कन्ट्रोलरहरूले अमेरिकी सेनाको हेलिकप्टरलाई यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएका थिए। उक्त दुर्घटनाको अडियोमा नियन्त्रण कक्षका मानिसहरूको सास रोकिएको आवाज सुनिएको छ। बुधबार राति हेलिकप्टरले अमेरिकन एयरलाइन्सको सहायक कम्पनीद्वारा सञ्चालित बोम्बार्डियर विमानलाई रेगन नेसनल एयरपोर्टमा अवतरणका लागि नजिकिँदै गर्दा ठक्कर दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.