मधेसको प्रदेश कृषि विधेयक प्रदेशसभाबाट पारित

मधेसको प्रदेश कृषि विधेयक प्रदेशसभाबाट पारित

ढल्केवर(धनुषा) : मधेस प्रदेशसभाबाट प्रदेश कृषि विधेयक २०८१ पारित भएको छ। आइतबार बसेको मधेश प्रदेशको चौथो अधिवेशनको १३ औं बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पेश गरेको उक्त विधेयक सर्वसम्मतले पारित भएको हो।

सभामुख रामचन्द्र मण्डलले सभामा उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनै पनि सांसद नभएपछि प्रदेश कृषि विकास विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे।

त्यसअघि सदनमा विधेयकमाथिको छलफललाई सम्बोधन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री क्षेत्रीले कृषि क्षेत्रलाई समष्टिगत रूपमा सबैलाई समेट्ने गरी विधेयक ल्याएको बताए। उनले प्राकृतिक प्रकोपका कारण बालीनालीमा क्षति भएका किसानलाई क्षतिपूर्ति पाउने व्यवस्था विधेयकमा समेटिएको उल्लेख गरे।

मन्त्री क्षेत्रीले मधेशलाई कृषि प्रविधिमैत्री बनाउन निर्माणाधीन योजनाहरू सम्पन्न गर्ने, कृषि सहायता केन्द्र स्थापना गर्ने, कच्चा पदार्थमा आधारित साना तथा मझौला घरेलु उद्योगलाई अनुदान प्रदान गर्ने, कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गर्नेलाई सहुलियत दिने योजना पनि विधेयकमा व्यवस्था रहेको बताए।

मधेशलाई कृषि प्रविधिमैत्री बनाउन निर्माणाधीन योजनाहरू सम्पन्न गर्ने, कृषि सहायता केन्द्र स्थापना गर्ने, कच्चा पदार्थमा आधारित साना तथा मझौला घरेलु उद्योगलाई अनुदान प्रदान गर्ने, कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गर्नेलाई सहुलियत दिने योजना विधेयकमा व्यवस्था रहेको उनले सुनाए।

मन्त्री क्षेत्रीका अनुसार कृषि उत्पादन वृद्धि गर्न, बजारीकरणलाई सहज बनाइ किसानको जीवनस्तर उकास्न तथा कृषि क्षेत्रमा नवप्रवर्तन ल्याउन विधेयकमा विभिन्न प्रावधान समावेश गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.