राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक फागुन १५ मा बस्ने
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक फागुन १५ गते बस्ने भएको छ । १० औं राष्ट्रिय खेलकुदको विषयलाई मुख्य एजेण्डा बनाइ बैठक बस्न लागेको हो। बैठकले १० औं राष्ट्रिय खेलकुदको मिति सार्ने विषयबारे छलफल गर्नेछ।
बोर्ड बैठकका लागि पत्राचार गरिसकिएको सदस्य सचिव टंकलाल घिसिङले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। उनका अनुसार १० औं राष्ट्रिय खेलकुद र अन्य विषयहरूलाई समेत निर्णय गर्न बोर्ड बैठक बस्ने लागेको हो। उनले भने, ‘१० औं राष्ट्रिय खेलकुदको मिति तय गर्न र अगाडिको बैठकको पनि विषयलाई टुङ्ग्याउन बैठक बस्न लागिएको हो ।’
मंसिरको २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने भनि तय गरिएको १० औं राष्ट्रिय खेलकुदको मिति हालसम्म तय भएको छैन । यसअघि मंसिर १४ गतेको बसेको बोर्ड बैठक गणगुणक संख्या नपुगेर स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस !