चन्द्रपुरका औषधी पसलमा अनुगमन, सञ्चालकको भागाभाग

चन्द्रपुरका औषधी पसलमा अनुगमन, सञ्चालकको भागाभाग
सुन्नुहोस्

रौतहट: रौतहटको चन्द्रपुर नगरपालिकाका सञ्चालित विभिन्न औषधी पसलमा औषधी व्यवस्था विभागको वीरगन्जसित कार्यालयले छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा धेरै औषधी पसल अनुमतिबिना नै सञ्चालनमा रहेको र आधा दर्जनभन्दा बढी औषधी पसल सञ्चालक बन्द गरेर भागाभाग भएको अनुगमन टोलीले जानकारी दिएको छ। 

औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका प्रमुख अरविन्द बानियाको नेतृत्वमा आएको अनुगमन टोलीले अवैध रूपमा सञ्चालनमा आएका औषधी पसलमा तालाबन्दी गरेको हो। अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फिन फार्मेसी, आयु मेडिकल हलमा तालाबन्दी गरेको कार्यालय प्रमुख बानियाले जानकारी दिए। 

चपुर सिटी हस्पिटलले औषधी पसल, डल्फिन फार्मेसी र आयु मेडिकल हल पनि दर्ता नभएको देखिएपछि तालाबन्दी गरिएको बानियाले जानकारी दिए। 

यस्तै राजमार्गमै विगत लामो समयदेखि सञचालित हाइवे ट्रमा सेन्टरमा रहेको औषधी पसल  दर्ता प्रक्रियामा रहेको कारण ७ दिनभित्र दर्ता गर्नको लागि सचेत गराइ समय दिएको समेत कार्यालय प्रमुख बानियाले बताए। 

हिमालय मेडिकल हल लगायतका औषधी पसलहरूलाई कागजपत्र नवीकरण गर्नको लागि ७ दिनको समय दिएको र औषधी व्यवस्था विभाग वीरगञ्ज शाखाका सम्पर्क राख्नसमेत जानकारी गराइएको बानियाले जानकारी दिए। 

यसैबिच मौलापुरमा रहेको पटेल मेडिकल हलका संचालक ओम प्रकाश पटेलविरुद्ध औषधी पसल दर्ता नभएको र दर्ता नभएका औषधीहरू बिक्री वितरण गर्दै आइरहेको भेटिएपछि सञ्चालक पटेलमाथि औषधी ऐन २०३५ अनुसार कारवाहीको लागि जिल्ला अदालत गौरमा मुद्दा दर्ता गरिएको प्रमुख बानियाले जानकारी दिए। यसैगरी बौधीमाई नगरपालिकाको कोपवामा पनि २ वटा औषधी पसलमा सिलबन्दी गरिएको छ।  

तीन दिनभित्र रौतहटमा करिब २ दर्जनभन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाई औषधी व्यवस्था ऐन २०३५ अनुसार कडा भन्दा कडा कारवाही हुने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.