अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या

अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकामा बुधबार भारतीय विद्यार्थीको गोली हानी हत्या गरिएको छ। अमेरिकाको विस्कॉन्सिनमा भारतको तेलंगानाका विद्यार्थी प्रवीण कुमार (२७) को गोली हानी हत्या गरिएको जनाइएको हो। 

बी.टेक पूरा गरेर थप अध्यनका लागि प्रवीण २०२३ मा अमेरिका गएका थिए। प्रवीणका केही साथीहरूले उनको शरीर गोलीले छेडिएको अवस्थामा फेला परेको बताए।   

उनको मृत्यु कसरी भयो भन्ने बारेमा कुनै पनि आधिकारिक तथ्य बाहिर नआएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। लुटपाटको प्रयासमा उनको हत्या भएको आशंका गरिएको छ।

प्रवीण विस्कॉन्सिनको मिलवाकीमा एमएस गरिरहेका थिए। बुधबार बिहान अमेरिकी अधिकारीहरूले उनको मृत्युको बारेमा उनको परिवारलाई जानकारी गराएका छन्। 

अज्ञात आक्रमणकारीहरूले प्रवीण गम्पाको निवास नजिकै गोली चलाएको बताइएको छ।

गम्पाका बुबा राघवुलुले बुधबार बिहान आफ्नो छोराको ह्वाट्सएपमा कल आएको तर उक्त कल उठाउन छुटेको बताए। जब राघवुलुले फोन गरे एक अपरिचित व्यक्तिले आफ्नो छोराको फोन फेला पारेको दाबी गर्दै जवाफ दिएका थिए। परिवारले केही गडबड भएको शंका गरे। उनीहरूको डर चाँडै सत्यमा परिणत भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.