आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा वरिपरि यात्रा नगर्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा वरिपरि यात्रा नगर्न अमेरिकाको आग्रह
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकाले आफ्ना नागरिकहरूका लागि एडबाइजरी जारी गरेको छ। यसमा अमेरिकी नागरिलाई भारत-पाकिस्तान नियन्त्रण सीमा वारिपरि यात्रा नगर्न आग्रह गरिएको छ।

एडबाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ। यी क्षेत्रहरूमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेकोले उक्त एडवाइजरी जारी गरिएको जनाइएको छ।

एडवाइजरीमा भनिएको छ, 'पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू भइरहेका छन्। पूर्व संघीय प्रशासित आदिवासी क्षेत्रहरूमा आक्रमण भइरहेको छ। जसलाई FATA वा संघीय प्रशासित आदिवासी क्षेत्रहरू पनि भनिन्छ। यहाँ धेरै आतंकवादी आक्रमणमा धेरैको ज्यान गएको छ।'

अतिवादीहरूले स्थानीय सैन्य र प्रहरी अड्डाहरूमा पनि आक्रमण गरेको जनाइएको छ। 

आतंककारीहरूले यातायात केन्द्र, बजार, शपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थलमा चेतावनी बिना नै आक्रमण गरिरहेको जनाइएको छ।

विगतमा उनीहरूले अमेरिकी कूटनीतिज्ञ र दूतावासलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.