गुणकारी अनार
एक अनार, सय बिमार भन्ने उखानले पनि अनारको महत्व देखाउँछ। अनारको फल स्वादिष्ट हुन्छ। यसमा प्रचूर मात्रामा लाभदायक प्रोटिन, कार्बाेहाइड्रेड, फाइबर, भिटामिन, क्याल्सियम, फस्फोरस, आइरन पाइन्छ।
यसका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ। एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ। अनारको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत प्रयोग गरिन्छ।
अनार खाँदा खोकी तथा रक्तसञ्चारसँग सम्बन्धित बिरामीलाई पनि फाइदा पुग्छ। अनारले उच्च रक्तचाप घटाउँछ। क्यान्सर रोकथाममा समेत अनार सहयोगी मानिन्छ।
प्रतिक्रिया दिनुहोस !