अर्घाखाँचीमा कुकुरको स्थायी बन्ध्याकरण

अर्घाखाँचीमा कुकुरको स्थायी बन्ध्याकरण
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेशन शिविर सञ्चालन गरेको छ। 

बिहान, बेलुकाको समयमा मानिस आवतजावत गर्दा कुकुरले टोक्ने तथा बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। 

सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर भाले तथा पोथी गरी झण्डै एक सय बढी कुकुरको स्थायी बन्ध्याकरण र चार सय बढी कुकुरलाइ रेबिज भ्याक्सिन दिन चार दिने शिविरको आयोजना गरिएको हो। बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरहरूले मानिस तथा अन्य घरपालुवा जनावर पशुपछीहरूमा आक्रमण गर्ने ,झम्टिने ,तथा अराजक स्वभाव देखाउने गर्दा जनमानसमा त्रास सिर्जना भएको र रेबिज समेत सर्न सक्ने भएकाले कुकुरहरूको स्थायी बन्ध्याकरण शिविर सुरु गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ। 

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग , वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देहीको प्राविधिक सहयोगमा भाले तथा पोथी दुवै कुकुरको स्थायी बन्ध्याकरण शिविर सुरु गरिएको हो। घरपालुवा तथा भुस्याहा कुकुरहरूमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसनले रेबिज रोग तथा अन्य पशुबाट सर्ने रोगको  अन्त्य गर्न पनि सहयोग पुग्ने पायनल्स एनिमल हस्पिटलका पशु चिकित्सक डाक्टर डाक्टर सन्दीप भट्टराईले बताए। 

मुख्य समस्याका रूपमा देखा परेको हुँदा त्यस्ता कुकुरहरू लाई स्थायी रूपमा बन्ध्याकरण तथा रेबिज खोप शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। विगतको वर्षमा पनि शिविर सञ्चालन गरिँदै आएको छ। शिविरमा कुकुरलाई समाउने , बेहोस पार्ने गरेर बन्ध्याकरण गर्ने  र पछि  खाना खुवाउने रेखदेख र औषधि उपचार समेत गरिने सन्धिखर्क नगरपालिका १ का वडाध्यक्ष माधव श्रेष्ठले बताए।   

सन्धिखर्क नगरपालिका भित्रका मुख्य सडक तथा शाखा सडकहरूमा छाडा कुकुरहरूको आतंक बढेको तथा कुकुरले पशु चौपायालाई हमला गर्ने घटना धेरै भएकाले बन्ध्याकरण शिविर सञ्चालन पछि यस्ता समस्याको समाधान हुने नगरपालिकाका पशु शाखा प्रमुख नारायण खनालले जानकारी दिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.