चारदिनदेखि हराइरहेका पुरुषको शव घर छेउकै इनारमा भेटियो

चारदिनदेखि हराइरहेका पुरुषको शव घर छेउकै इनारमा भेटियो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा चारदिनदेखि हराइरहेका एक पुरुषको शव इनारमा फेला परेको छ । मिथिला नगरपालिका–८ गुम्बा टोल बस्ने जमान सिंह घिसिङको छोरा अन्दाजी ३३ वर्षीय नारायण घिसिङको शव घर छेउकै इनारभित्र भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

जमान सिंहका अनुसार छोरा नारायण चारदिनदेखि सम्पर्कविहिन रहेका थिए । उनको खोजी गरिरहेकै अवस्थामा सोमबार इनारबाट दुर्गन्ध आएपछि इनारभित्र टर्च बालेर हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनाबारे सोमबार साँझ जानकारी प्राप्त भए पनि अध्यारोका कारण शव बाहिर निकाल्न सम्भव नभएपछि मंगलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको प्रहरी निरीक्षक यादवले बताए । शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पताल पठाएर अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.