डडेलधुरा बहुमुखी क्याम्पसमा नेविसघंको ह्याट्रिक जित
डडेलधुरा : डडेलधुरा बहुमुखी क्याम्पस डडेलधुरामा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। निर्वाचनअन्तर्गत डडेलधुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर सभापतिमा निर्वाचित भएका हुन्।
मंगलबार भएको निर्वाचनमा ऐरसहित नेविसंघको प्यानल नै विजयी भएको छ। नेविसंघले क्याम्पसमा लगातार तेस्रो जित हासिल गरी ह्याट्रिक गरेको हो। नेविसघंवाट उमेदवार रहेका ऐरले कूल खसेको ३७५ मध्ये १८४ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ।
उनका प्रतिस्पर्धीको रूपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापति पदमा प्रतिस्पर्धामा रहेका थिए। नेपाली कांग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र माओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको थियो।
निकटतम प्रतिद्वन्द्वी बोहराले १२८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। स्वतन्त्र उम्मेदवार धामीले ५२ मत मात्रै पाए। क्याम्पसमा पाँच सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ। समानुपातिकतर्फ तीन सय ७६ मत खसेको छ।
क्याम्पसमा २०७९ को स्ववियु सभापतिमा नेविसंघकै दुर्गा भट्ट रहेका थिए। उनले अहिले पनि चुनाव लडेका नेविसंघ (बीपी)का मदन बोहरालाई पराजित गरेका थिए। भने त्यसअघि पनि नेविसघंका जगत ऐरको प्यानल नै विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस !