कोशीको छैटौं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय

कोशीको छैटौं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशसभाको चालु छैटौं अधिवेशन बिहीबार रातिबाट अन्त्य गरिने भएको छ ।  प्रदेश सरकारको बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु आधिवेश अन्त्य गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सफारिस गर्ने निर्णय लिएको हो । 

सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गर्नेछन् । अधिवेशन राति १२ बजेबाट अन्त्य हुने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले बैठक अन्त्य गर्ने निर्णय गरेको हो । 

बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली,२०८१ स्वीकृत गर्ने,समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने,समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रूपैयाँ बाँडफाँट गर्न स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा १ अर्ब १० करोड स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । 

मन्त्री भण्डारीका अनुसार बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको छ । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज ,२०८१ पनि बैठकले स्वीकृत गरेको जानकारी भण्डारीले दिए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.