किन गर्ने मेनिक्योर र पेडिक्योर ?

किन गर्ने मेनिक्योर र पेडिक्योर ?
सुन्नुहोस्

हातखुट्टाको सौन्दर्य निखार्ने मन छ ? स्वस्थ, नरम र मुलायम हात खुट्टा बनाउन चाहनुहुन्छ भने तपाईंले रोज्न सक्नुहुन्छ, मेनिक्योर र पेडिक्योर सेवा । मेनिक्योर र पेडिक्योरलाई सामान्यतयाः सुन्दरता बढाउने प्रक्रिया मात्र मानिन्छ । तर, यी प्रक्रियाहरू स्वास्थ्यका लागि पनि अत्यन्त आवश्यक छन् । मेनिक्योर भनेको हातका नङ, छाला र क्युटिकलको सफाइ र मालिस गर्ने प्रक्रिया हो ।

त्यस्तै, पेडिक्योर खुट्टाका नङ र छालाको हेरचाह गर्ने प्रक्रिया हो । यी प्रक्रियाहरूले नङ र छालालाई स्वस्थ राख्न मद्दत गर्छ र विभिन्न प्रकारका संक्रमणबाट जोगाउँछ । मेनिक्योर र पेडिक्योर पुरुष र महिलाहरू दुवैका लागि फाइदाजनक छन् । स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । पहिलो लाभ भनेको नङ र छालाको सफाइ हो ।

मेनिक्योर र पेडिक्योरले नङको सफाइ गर्दै ब्याक्टेरिया र फंगस हटाउँछ । जसले गर्दा संक्रमणको सम्भावना कम गर्छ। एक अध्ययनका अनुसार, ८५ प्रतिशत नङ संक्रमणहरू अस्वस्थ नङ हेरचाहका कारण उत्पन्न हुन्छन् । यसले नङ र छालाको स्वास्थ्य सुधार गर्न मद्दत पु¥याउँछ । मेनिक्योर र पेडिक्योर गर्दा रगतको प्रवाहलाई सुधार आउँछ । मेनिक्योर र पेडिक्योरमा हुने मालिसले रगतको प्रवाहलाई २० प्रतिशतसम्म सुधार गर्न सक्छ । जसले मांसपेशीलाई आराम मिल्छ । तनाव घटाउँछ । नियमित रूपमा मेनिक्योर र पेडिक्योर गर्दा शरीरमा भएका विषाक्त पदार्थहरू पनि हट्न सक्छन् ।  

पेडिक्योरमा खुट्टाका मृत छालाहरू हटाउने कार्य हुन्छ । जसले गर्दा शरीरको विषाक्त पदार्थको उत्सर्जनमा मद्दत गर्छ ।

मेनिक्योर र पेडिक्योरले मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ । एक अध्ययनले देखाएको छ कि यी सेवाहरूले तनावलाई ३० प्रतिशतसम्म कम गर्न सक्छ । साथै, मेनिक्योर र पेडिक्योरमा प्रयोग गरिने तेल र मालिसले नङलाई मजबुत बनाउँछ । र खनिजको कमीबाट बचाउँछ । महिला र पुरुष दुवैले यी सेवाहरू लिएर लाभ उठाउन सक्छन् । पुरुषहरूका  खुट्टामा प्रायः फंगल संक्रमण र कालो नङको समस्याबाट प्रभावित हुने गर्छन् । जुन पेडिक्योरबाट सजिलै रोक्न सकिन्छ । महिलाहरूले पनि नङमा नेल पालिस लगाउँदा हुने नङको कमजोरीलाई सुधार्न मेनिक्योर गर्नुपर्छ ।

मेनिक्योर र पेडिक्योरका विभिन्न प्रकारहरू उपलब्ध छन् । सामान्य मेनिक्योर–पेडिक्योरमा नङ सफाइ र मालिसको काम गरिन्छ । जबकि स्पा मेनिक्योर र पेडिक्योरमा थप गहिरो मसाज र स्क्रबिङ प्रक्रिया हुन्छ । जेल मेनिक्योर भनेको विशेष जेल पालिस प्रयोग गर्ने प्रक्रिया हो । जुन लामो समयसम्म टिक्छ । आयुर्वेदिक मेनिक्योर र पेडिक्योरमा जडीबुटीजन्य तेल र मसाज प्रयोग गरिन्छ । जबकि डिटक्स पेडिक्योरमा खुट्टाका विषाक्त पदार्थहरू हटाउने विशेष ध्यान दिइन्छ ।

अनेक तथ्यांकहरूले पनि मैनिक्योर र पेडिक्योरको महत्व पुष्टि गर्छ । ६० प्रतिशत वयस्कहरूले जीवनमा कम्तीमा एक पटक नङ संक्रमणको सामना गर्ने अनुमान छ । महिलाहरूको तुलनामा पुरुषहरूमा २० प्रतिशत बढी खुट्टाको नङमा समस्या हुन्छ । अमेरिकामा मात्र मेनिक्योर–पेडिक्योर उद्योगको वार्षिक कारोबार १० अर्ब डलर छ । यी तथ्यांकहरूले मेनिक्योर र पेडिक्योर स्वास्थ्यका लागि फाइदाजनक भएको तथ्यलाई पुष्टि गर्छ ।

मेनिक्योर र पेडिक्योर महिनामा एक पटक व्यावसायिक रूपमा गर्नुपर्छ । जबकि घरमै हप्तामा एक पटक सफा गर्ने बानी बसाल्न सकिन्छ । जसबाट नङ र छालाको हेरचाहमा मद्दत पुग्छ । हातखुट्टालाई स्वस्थ र सुन्दर बनाउन  सहयोग पुग्छ । 

मेनिक्योर र पेडिक्योर केवल सुन्दरताको लागि मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्त आवश्यक छन् । मेनिक्योर र पेडिक्योर गर्दा  नङ र छालाको हेरचाह हुन्छ । विभिन्न प्रकारका संक्रमणको रोकथाम, रगत प्रवाहको सुधार आउँछ । नङलाई पनि  मजबुत बनाउन मद्दत गर्छ । त्यसैले तपाईंले पनि मेनिक्योर र पेडिक्योर गर्ने कि ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.