आगोले जलेर घाइते एक युवतीको मृत्यु, चार जना गम्भीर

आगोले जलेर घाइते एक युवतीको मृत्यु, चार जना गम्भीर
सुन्नुहोस्

फिदिम : आगलागीमा परी पाँचथरको कुम्मायक गाउँपालिकामा एक युवतीको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । घाँस काट्न गएको बेला जंगलमा लागेको आगोले जलेर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्बाहम्फेको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

कुम्मायक- ३ ताम्राखु भन्ने ठाँउको जंगलमा लागेको आगोले जलेर सम्बाहम्फे गम्भीर घाइते भएकी थिइन् ।  घाइते सम्बाहम्फेको  उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशाल कुमार बुढाथोकीले जानकारी दिए । घाँस काट्न गएका उनीसँगै चार जना डडेलोमा फसेका थिए ।

जलेरी घाइते भएकी २८ वर्षीया सविना सम्बाहाफे, ११ वर्षीया शिवाना सम्बाहाफे र ६० वर्षीया निरमाया सम्बाहाफेलाई उपचारका लागि वीपी कोइराला मेमोरियल अस्पताल धरान पुर्‍याइएको छ । उनीहरुको अवस्था गम्भीर छ  । सोही ठाँउको डडेलो निभाउन गएका ३१ वर्षीय खगेन्द्र विक लडेर घाइते भएका छन् ।

यस्तै फिदिम नगरपालिका–१३ र १४ को सिमानाको बनमा लागेको डडेलोमा परी ४७ वर्षीया नेम्बाङ राई गम्भीर घाइते भएकी छन् । दाउरा लिएर घर फर्किदै गर्दा उनलाई जंगलमा लागेको डढेलोको लप्काले भेटेको थियो । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ ।

बिहीबार दिनभर पाँचथरका विभिन्न ठाँउमा आगलागी र डडेलोका घटना भएका छन् । केही दिन यता जिल्लाका विभिन्न ठाँउमा डडेलो लागेको प्रहरीले जनाएको छ ।  जंगलमा आगो लगाउने तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको बुढाथोकीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.