किन चाहिन्छ कार्बोहाइड्रेट ?
खानाबाट प्राप्त हुने पोसिलो तत्त्वहरूलाई पौष्टिक तत्त्व भनिन्छ। जसमध्ये शरीरलाई शक्ति दिने पौष्टिक तत्त्व कार्बोहाइड्रेट हो। कार्बोहाइड्रेट्स खानाको प्रमुख स्रोत हो। यसले हाम्रो शरीरलाई शक्ति दिन्छ। मानव शरीरलाई चाहिने सम्पूर्ण शक्तिमध्ये ६० देखि ८० प्रतिशत कार्बोहाइडेट्सबाट प्राप्त हुन्छ।
कार्बोहाइड्रेट्सले शरीरलाई विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न आवश्यक पर्ने शक्ति उपलब्ध गराउँछ। यसमा हुने चिनीले हाम्रो शरीरको रगतमा चिनीको मात्रा वा स्तरलाई नियमित बनाइराख्छ। कार्बोहाइड्रेट्स छालामुनि बोसोका रूपमा र कलेजोमा ग्लाइकोजिनको रूपमा सञ्चित भएर रहन्छ। शरीरलाई आवश्यक परेका बेलामा आपत्कालीन रूपमा शक्ति उत्पन्न गरी आपूर्ति गर्दछ। दैनिक भोजनबाट प्राप्त हुने कार्बाेहाइड्रेट्सले शक्ति र ताप उत्पन्न गरी शरीरको तापक्रम नियमित राख्न सहयोग गर्दछ। शरीरको छालालाई चिल्लो, नरम र स्वस्थ बनाइराख्ने काममा मद्दत गर्दछ। चिल्लो पदार्थहरूलाई रासायनिक प्रक्रियाहरूद्वारा अक्सिजनसँग मिलाउने कार्य गर्दछ। तापशक्ति उत्पन्न गर्ने हुनाले शरीरलाई सधैं मौसम अनुकूल न्यानो बनाइराख्छ।
कार्बोहाइड्रेट्सका स्रोतहरू
– गुलियो खाद्य पदार्थ : चिनी, मह, मिठाई, गुलिया फलफूल, उखु आदि।
– माडजन्य खाद्य पदार्थ : चामल, मकै, गहुँ, जौ, कोदो, फापर आदि।
– जरा, कन्दमूलजन्य खाद्य पदार्थ : आलु, पिँडालु, तरुल, सक्खरखण्ड आदि।
प्रतिक्रिया दिनुहोस !