भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै

भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा  हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदैछ। भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रसाईँलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि सीमा नाकामा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरू कुरेर बसिरहेका छन् । सुरक्षाकर्मी पनि तैनाथ अवस्था छन् । 

प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्। प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो।

 गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए। सुरक्षाको ग्यारेन्टी पाएपछि उनले बिहीबार राती ९:१३ बजे सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको उल्लेख गरेका हुन्।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले सुरक्षाकर्मीलाई कुल्चने गरी गाडी कुदाएका थिए। लगत्तै पक्राउ परेका प्रसाईलाई प्रहरीले छोडेपछि फरार थिए।

प्रसाईं फरार रहे पनि प्रहरीले राप्रपाका  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणासहित अन्य केही व्यक्तिलाई पक्राउ गरेको छ। मिश्र र राणालाई राज्यविरुद्धको आपराधिक उपद्रव र संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको छ।

राजावादीको हिंस्रक आन्दोलनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो। त्यस्तै सार्वजनिक सम्पत्ति,निजी सम्पत्ति र मिडिया हाउसहरूमा प्रदर्शनकारी तोडफोड र आगजनी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.