राजनीतिक खिचातानीले अझै बनेन मेचीको झोलुंगे पुल

राजनीतिक खिचातानीले अझै बनेन मेचीको झोलुंगे पुल
सुन्नुहोस्

झापा : राजनीतिक खिचातानीका कारण विगत ८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको मेची नदीको झोलुंगे पुल अझै बनेको छैन। झापा क्षेत्र नम्बर ३, कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमासँग जोड्ने मेची नदीमा आर्थिक वर्ष २०७२/०७३ देखि झोलुंगे पुल बनाउन थालिएको थियो। तर, २०८१ चैत सकिन लाग्दासमेत झोलुंगे पुल अझै बनिसकेको छैन। यो निर्वाचन क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको हो। दुवै शीर्ष नेताले यो योजनालाई आफ्नो चुनावी एजेन्डा बनाएर जस लिन खोज्दा तोकिएकै समयमा झोलुंगे पुल बन्न नसकेको स्थानीयको गुनासो छ। 

‘मेचीमा झोलुंगे पुल बन्दै गरेको ८ वर्ष भइसक्यो, यो पुल दुई वर्षभित्र बनिसक्नुपर्ने हो,’ कचनकवल ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले भने, ‘राजनीतिक खिचातानीका कारण पुल ओझेलमा परेको हो, यो त नेपाल सरकारको योजना हो, मैले गरे तैँले गरे भन्नु नै यहाँका जनताका लागि दुर्भाग्य साबित भयो।’

ठेकेदारले लामो समयदेखि पुल अलपत्र छाडेपछि यही क्षेत्रबाट निर्वाचित कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई घचघच्याऔं। 

त्यसपछि उनले पटक–पटक संघीय सरकारमार्फत पहल गरेपछि यही मङ्सिरदेखि पुलको काम फेरि सुरु भएको हो। अहिले काम भइरहेको बताउँदै वडाध्यक्ष आलमले भने, ‘निर्माण व्यवसायी श्याम तामाङसँग फोन सम्पर्क गर्दा उहाँले यो बर्खा अगावै (जेठ/असार महिनाभित्र) पुल सञ्चालनमा आउने जानकारी दिनुभएको छ।’ मेचीमा पुल नबन्दा यहाँका स्थानीय बर्खामा डुंगा र हिउँदमा बाँसे पुलबाट आउजाउ गर्न बाध्य छन्। निर्माणाधीन पुल नजिकै अस्थायी बाँसे पुल बनाइएको छ। 

‘खोलाले गर्दा यहाँका जनताले धेरै समस्या भोगिराख्नु परेको छ, पुल कहिले बन्छ थाहा छैन,’ स्थानीय पुरणकुमार गणेशले भने, ‘बाँसे पुल चढ्दा मान्छेको भारु १०, साइकलको भारु २० र मोटरसाइकलको भारु ५० रूपैयाँ तिर्नु परेको छ।’ 

गाउँमा नेता तथा कार्यकर्ता आउँदा हाम्रो एउटै माग छ। यो पुल किन बनेन। ‘यो पुलसँग हाम्रो छोराछोरीको भविष्य जोडिएको छ,’ स्थानीय साकिर आलमले भने। यो पुल ८ वर्षदेखि बन्दै छ। अहिलेसम्म बनेको छैन। अहिले दुई/चार जना कामदार आएर काम गरिरहेको बताउँदै स्थानीय युशुभ मियाले भने, ‘फेरि भाग्ने हो किन काम पुरा गरेर जाने हो थाहा छैन।’ सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागको सस्पेन्शन ब्रिज डिभिजन ललितपुरले निलगिरी/महावीर जेभी काठमाडौंलाई २०७३ मंसिर १२ गते झोलुंगे पुल बनाउने ठेक्का दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.