झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा : झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-८ निवासी ६० वर्षीय पुष्प दास दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सोमबार साँझ ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी-८ बुद्धचौकमा डुँडामारी चोकबाट झिलझिलेतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री दर्जीलाई ठक्कर दिएको थियो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिले लगिएकोमा थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको सोही अस्पतालमा आज साँझ साढे ६ बजे उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय झिलझिलेले मोटरसाइकल चालक शिवसताक्षी-८ निवासी ३० वर्षीय दुरेन शेर्मा लिम्बूलाई नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.