हेपी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक कामदारको मृत्यु
झापा : झापाको हेपी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ। कनकाई नगरपालिका २ स्थित हेपी ल्यान्ड फनपार्कमा सोही फनपार्क भित्रको बिजुलीको काम गर्दै आइरहेका शिवसताक्षि नगरपालिका ९ निवासी ४५ को सन्तोष लिम्बुको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो साढे ४ बजेको समयमा फनपार्कभित्र बिजुली मर्मत गर्ने क्रममा लिम्बुलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका लिम्बुलाई कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !