२९ लाख बढीको मोबाइल पार्टस बरामद, भद्रपुर भन्सारले बुझ्न मानेन

२९ लाख बढीको मोबाइल पार्टस बरामद, भद्रपुर भन्सारले बुझ्न मानेन
सुन्नुहोस्

झापा : झापाको भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको मोबाइलका पार्टस तथा सामग्रीसहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। 

भद्रपुर–५ स्थित दोभान नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बा १८ च ४६१६ नम्बरको पिकअप गाडीमा हालेर लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र घोडामारा प्रहरी चौकीको संयुक्त टोलीले शनिबार राति ८ बजे भद्रपुर ९ घोडामाराबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले गाडी चालक भद्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय राहुल कामतलाई  नियन्त्रणमा लिएको छ। 

बरामद गरिएको मोबाइल पार्टस २९ लाख ८७ हजार दुई सय, गाडीको पाँच लाख गरी ३४ लाख ८७ हजार दुई रुपैयाँ मूल्यांकन तोकेर गाडी चालक कामत सहितलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए। 

प्रहरीले बरामद गरिएको सामान, गाडी र गाडी चालकलाई लिएर सुरुमा भद्रपुर भन्सार कार्यालय बुझाउन गएका थिए। तर, भद्रपुर भन्सारले चालकलाई नबुझ्ने, १० लाख भन्दा बढी सामान नबुझ्ने भनेपछि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाउनु परेको जनाइएको छ। 

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले गएराति अन्दाजी १० बजे अर्जुनधारा-६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको मोबाइल र मोबाइल पार्टसका सामानहरू बरामद गरेको छ। सो सामान पनि मेची भन्सार कार्यालय बुझाइएको जनाइएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.