झापा कारागारभित्रै ढलेका एक कैदीबन्दीको मृत्यु
झापा : झापा कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ। इलाम माङ्सेबुङ गाउँपालिका-४ घर भई झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार विश्वकर्माको मेडिकल रिपोर्टमा घाटीको क्यान्सरको लक्षण देखा परेको थियो। आज दिउँसो ४:२५ बजेको समयमा अचानक सास बढेर उनी कारागारभित्रै ढलेका थिए।
उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पुर्याएकोमा उनको ४:४० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा मृतकको परिवारलाई खबर गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !