पहलगाम आतंकवादी हमलापछि पाकिस्तानसँगको खेलबारे यस्तो भन्छ बीसीसीआई
काठमाडौं : कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि सम्पूर्ण देशमा आक्रोश छ । यो आक्रमणको जिम्मेवारी पाकिस्तानमा रहेको प्रतिबन्धित लश्कर–ए–तैयबा (एलईटी) आतंकवादी समूहको हिस्सा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ)ले लिएको छ । यो घटनालाई लिएर क्रिकेट जगतमा पनि आक्रोश छ ।
यसैबीच, बीसीसीआईले पनि पाकिस्तानप्रति आफ्नो दृष्टिकोण देखाएको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले यस आतंकवादी घटनाप्रति कडा प्रतिक्रिया जनाउँदै आफूहरु पीडितहरूको साथमा रहेको भन्दै घटनाको निन्दा गरेका छन् । पाकिस्तानसँग क्रिकेट खेल्न बन्द गर्नुपर्छ कि भन्ने प्रश्नमा उनले सरकारले जे भन्यो त्यही गर्ने बताए । उनले पाकिस्तानसँग द्विपक्षीय शृङ्खला नखेल्ने बताए । आईसीसी कार्यक्रममा भने आईसीसीको संलग्नतामा खेल्ने उनले बताए ।
भारत र पाकिस्तानले अन्तिम पटक २०१२–१३ मा द्विपक्षीय (५० ओभर)को शृंखला खेलेका थिए । त्यसबेला पाकिस्तानले भारतको भ्रमण गरेको थियो । सोही अवधिमा २ खेलको टी–२० शृङ्खला पनि आयोजना गरिएको थियो । भारतले अन्तिम पटक २००७ मा पाकिस्तानमा टेस्ट शृङ्खला खेलेको थियो । पाकिस्तानी टोलीले २०२३ को एकदिवसीय विश्वकप भारतमा खेलेको थियो । भारतीय टोलीले च्याम्पियन्स ट्रफीको लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको थियो । पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुबईमा व्यवस्था गर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस !