जम्मु कश्मिरमा मारिएका सुदिपको शव बुटवल ल्याइयो
भैरहवा : भारतको जम्मु–कश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ।
श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए।

केही दिन अघि न्यौपाने परिवारसहित जम्मु–कश्मिर क्षेत्र घुम्न गएका थिए। मंगलबार अपरान्ह भएको आंतकवादी हमलामा उनको हत्या गरिएको थियो। मृतकको बिहीवार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !